नबिल बैंक केन्द्रीय कार्यालयमा नर्सिङ रुम सञ्चालनमा

hitkhabar.com


काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारी आमाहरूलाई स्तनपानका लागि सहज वातावरण प्रदान गर्ने उद्देश्यले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा संचालक समिति सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर उक्त नर्सिङ रुमको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा संचालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाह तथा नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले कर्मचारी आमाहरूलाई कार्यस्थलमै सुरक्षित, मर्यादित र आरामदायी रूपमा स्तनपान गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले नर्सिङ रुम स्थापना गरिएको जनाएको छ । बैंकका अनुसार यसले कार्यस्थललाई अझ परिवारमैत्री बनाउन मद्दत गर्नेछ ।

उद्घाटन समारोहमा बोल्दै संचालक समिति सदस्य सरिता भट्ट अधिकारीले नर्सिङ रुमको सुरुवातलाई बैंकको कर्मचारीप्रतिको जिम्मेवारी पूरा गर्ने महत्वपूर्ण कदम भएको बताइन् । उनले यसले कर्मचारी आमाहरूलाई कार्यस्थलमै सुरक्षित महसुस गराउने विश्वास व्यक्त गरिन् ।

त्यसैगरी अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकका मूल्य–मान्यता अनुसारको सकारात्मक पहल भएको उल्लेख गर्दै यसले लैङ्गिक समानता र कर्मचारी हितलाई थप मजबुत बनाउने बताए । उनले आगामी दिनमा यस्ता सुविधा अन्य शाखाहरूमा समेत विस्तार गरिने संकेत गरे ।

प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले कर्मचारीको कल्याणका लागि गरिएको यस्तो प्रयासले बैंकभित्र सकारात्मक कार्य वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया