नेप्से १.९३ अंकले घट्यो

Sharing is caring!

पुस १२, २०८० । नेप्से आज १.९३ अंकले घटेको छ । १०३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३५ कम्पनीका लगानीकर्ताको सेयर मूल्य घटेको छ ।

भिजन लुम्बिनी, हाथ्वे इन्भेस्टमेन्ट, मनकामना इन्जिनियरिङ लगायतका कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ । धौलागिरि र वीपीडब्लु लघुवित्तको सेयर मूल्य घटेको छ । सूचक घटेपछि कारोबार रकम घटेको छ । बिहीबार ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रह्यो । सोनापुरको १४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १३ करोड ५६ लाखको कारोबार भएको शिवम् सिमेन्ट दोस्रो, १३ करोड ४३ लाखको कारोबारले घोराही सिमेन्ट तेस्रो र १२ करोड ९८ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *