प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती

Sharing is caring!

पुस १२, २०८० । मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन ।

उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको प्रस्तावमा यो निर्णय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्ने, यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम गर्ने निर्णय भएको छ ।’

साथै बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन् । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *