विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारत समक्ष १९२ रनको लक्ष्य

Sharing is caring!

असोज २७, २०८० । विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १९२ रनको मध्यम लक्ष्य दिएको छ ।

भारतको अहमदावादमा भएको खेलमा ४२ दशमलव ५ ओभरमा अलआउट हुँदै पाकिस्तानले जम्मा १९१ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान दुदुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *