टी–२० विश्वकप एसिया छनोट : नेपाल झिनो रनले पराजित

Sharing is caring!

कात्तिक १६, २०८० । टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समुह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो ।

ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायो हो । नेपालका लागि २४ बल खेलेका बिवेक यादवले सर्वाधिक ३९ रन बनाए । १८ बलको सामना गरेका कुशल भुर्तेलले २६ रन बनाए । रोहित,पौडेल सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए । यस्तै गुल्सन झा ३, विकेक यादव २ र कुशल मल्लले १० रनमा आउट भए ।

पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियती भोग्नुपर्यो । पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो । यता, ओमानले आठौं ओभरको सुरुवातमा रोहित पौडेललाई आउट गराउँदा नेपालले ५६ रन मात्रै बनाएको थियो । सुरुबाटै नेपाललाई दबाबमा राख्न सफल रह्यो ।

ओमानका विलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इलियास, मेहरान खान र शकील अहमदले समान २-२, विकेट लिए । नेपालले टस जितेर ओमानलाई पहिला व्याटिङको निम्तो दिएको थियो । ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो ।

टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिगेका थिए भने सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २-२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १-१ विकेट लिएका थिए ।
ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए ।
सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् । टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *