पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

Sharing is caring!

जेठ १२, २०७६ । चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को मनोनयन शनिबार सार्वजनिक भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यही आउँदो जेठ २४ गते हुने चौथो संस्करणको अवार्डको विभिन्न ४ विधामा तिन-तिनजनाको नाम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) , अमृत थापा (स्क्वास) र  महिलातर्फ सुमी श्रेष्ठ (फूल कन्ट्याक्ट कराते), श्रेया केसी (सुटिङ) र प्रीति बराल (सफ्ट टेनिस) मनोनित भएका छन् ।

त्यस्तै, वर्षको उत्कृष्ट उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) रहेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षक विधामा दीपक गोदार (फुल कन्ट्याक्ट कराते), भीमसेन शाक्य (ह्यान्डबल) र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

त्यस्तै, खेलाडीले गत वर्ष २०७५ मा देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर तिन-तिनजना खेलाडीलाई  मनोनयन गरिएको आयोजकले जनाएको छ । मनोनितमध्येका सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *