नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

Sharing is caring!

चैत ६, २०८० । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ । मंगलबार सेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो ।

कारोबार रकम भने हिजोका तुलनामा केही बढेको छ । ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ छ । सोमबारको कारोबार रकम २ अर्ब ८२ करोड १८ लाख थियो ।
आज १०४ कम्पनीका सेयरमूल्य बढेको छ भने १२८ को घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज १३ उपसमूहमा लगानी, जीवन बीमा र माइक्रोफाइनान्सबोहक सबै घटेका छन् । सर्वाधिक व्यापार उपसमूह १.३१ प्रतिशतले घटेको छ । आज बुद्धभूमि हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सर्किटस्तरको बढोत्तरी छ । धौलागिरी लघुवित्त, इनफिनिटी लघुवित्त, भगवती हाइड्रको पनि सेयरमूल्यमा उच्च बढोत्तरी छ ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर २५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख, गुर्खाज फाइनान्सको १५ करोड ८२ लाख र घोराही सिमेन्टको १० करोडको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *