कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पुनः बस्ने

Sharing is caring!

फागुन ३, २०८० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (शुक्रबार) पुनः बस्नेगरि स्थगित भएको छ ।
आगामी सोमबारदेखि पार्टीको महासमिति बैठक हुँदैछ । त्यसको तयारीका लागि केन्द्रीय कार्यसमितिको बैठक भइरहेको हो । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए ।


उनले भने,‘आजको बैठक स्थगित भएको छ । यो बैठक भोलि बिहान ९ बजे पुन बस्नेगरी आज स्थगित भएको हो ।’
उनका अनुसार महासमितिका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन बैठकमा पेस भएका छन् । चार दिनसम्म चल्ने महासमिति बैठक फागुन ७ देखि ललितपुरको गोदावरीमा सुरु हँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *