गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

Sharing is caring!

फागुन २७, २०८०। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए ।

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *