आजको मौसम : कोशी, मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Sharing is caring!

असोज ६, २०८० । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुको साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जसको कारण हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी भूभागमा सामान्य बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *