आज लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना

Sharing is caring!

वैशाख ९, २०८१ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कोशी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आइतबार राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानका एवं लुम्बिनी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *