महरालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

Sharing is caring!

चैत ५, २०८० । सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई अनुमति दिएको हो ।

सुन तस्करी प्रकरण छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई पक्राउ परेका हुन् ।

भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग महराको निकट सम्बन्ध देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *