दशैंका लागि खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु

Sharing is caring!

असोज १३, २०७६ । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु गरेको छ ।

सरकारले सोमबारदेखि साविकको खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड)को थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालयबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ ।

कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ ।

 यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।

अहिले राजधानीका अन्य खसी बजारमा जीउँदो खसी बोका ६५० र च्याङ्ग्रा ७५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *