एमसिसी पास हुन्छ, तर शर्त जरुरी छैन्: पौडेल

Sharing is caring!

माघ ७, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् ।

उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’

आज राजधानीमा आयोजित एक कार्यक्रम  बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएनअन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’

उनले भने, एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे । उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’

पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ ।

नेता पौडेलले सभामुखमा उम्मेद्धवारी दिएका अग्निप्रसाद सापकोटाले सबैलाई मिलाएर सहमति र एकताकासाथ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने,‘मैले त उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । उहाँ सुरुमा शिक्षक संगठनमा सक्रिय हुनुहुन्थ्यो । हामी विद्यार्थी कालदेखि नै सक्रिय थियौं । उहाँ भूमीगत राजनीतिमा सक्रिया हुनुभएको नेता हो ।

कतिपयले उहाँलाई आफ्ना छोराछोरीलाई पढाएर, बचाएर हिँडेको मान्छे पनि भन्ने गरिन्छ । तर, उहाँ त आफन्त, छोराहरु लिएर भुमिगत आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ तीन–तीन पटक सांसदमा निर्वाचित हुनुभयो ।’

उनले सापकोटा योग्यहरुमध्येको योग्य उम्मेद्धवार भएको बताए । उनले भने,‘उहाँ योग्य उम्मेद्धवार हो । शिवमायापनि योग्य उम्मेद्धवार नै हुनुहुन्थ्यो । सुवासजी पनि योग्य हुनुहुन्थ्यो । पार्टीभित्र छलफल भयो । कहिलेकाहीँ आकस्मिकता र संयोगले हुन्छ, अहिले सापकोटाजीको सभामुखमा जीत सुनिश्चित छ ।’ उनले सापकोटालाई सभामुखको सफल कार्यकालको शुभकामना समेत दिए । उनले भने,‘हामी सबैको उहाँलाई साथ र सहयोग रहन्छ । उहाँले अब सबैलाई मिलाएर जानुपर्छ ।’

उनले उपसभामुख कसलाई दिने भन्नेबारे छलफल चलिरहेको पनि सुनाए । सभामुखको चयन भएपछि उपसभामुखकोबारे टुँगो लाग्ने उनको भनाई छ । उनले भने,‘उपसभामुख को हुन्छ ? भन्नेबारे छलफल चलिरहेको छ । कांग्रेसबाट पनि हुन्छ, वा चित्रबहादुर दाईको दलबाट पनि हुनसक्छ । यसबारेमा छलफल भैरहेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *