कर्णाली पछि परेको होइन, पारिएको हो : मुख्यमन्त्री शर्मा

Sharing is caring!

फागुन १६, २०८० । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन् । ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने । उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए ।

सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीको विकासमा राज्यले लगानी नै नगरेको नआरोप लगाए । संघीयता लागू भइसकेपछि समेत कर्णालीको विकासलाई बेवास्ता गरिएको उनको आरोप छ ।

‘संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा हो । तर सरकार कानून नै बनाउँदैन, अधिकार दिदैन,’ उनले भने, ‘अधिकार संघले दिने र प्रदेशले माग्ने कुरा नै होइन, वास्तवमा यो त संविधानले स्पष्टसँग व्यवस्था गरिदिएको कुरा हो ।’

उनले कर्णालीलाई पछाडि पार्नका लागि राज्यले गरेको बेवास्ताको क्षतिपुर्ति कर्णालीले पाउनुपर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *