जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे

Sharing is caring!

फागुन २७, २०८०। जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैछन् । जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।

यादव र साहले विहान ११ बजे शितलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि नै सत्ता गठबन्धनको एक घटकका रुपमा रहेको जसपाले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग गठबन्धन तोड्दा देखि नै साथ दिएको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन ।

आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफैँ सरकारमा सहभागी भएका छन् । यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा गएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *