प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

Sharing is caring!

वैशाख १२, २०७५ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७४-७५ को छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांकअनुसार विप्रेषण रु सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात् कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ ।

केन्द्रीय तथ्यांक विभागकाअनुसार चालू मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात रु ११ खर्ब पाँच अर्ब आठ करोड ८० लाख हुने उल्लेख गरेको छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २५ खर्ब ५५ अर्ब १६ करोड ३० लाख अर्थात् कूल ग्रार्हस्थ्य उत्पादनको ८४.९७ प्रतिशत रहेको बताइएको छ ।

चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १० खर्ब २५ अर्ब ६४ करोड ८० लाख अर्थात् कूल ग्रार्हस्थ्य उत्पादनको ३४.११ प्रतिशत रहने विभागले आज सार्वजनिक गरेको तथ्यांक प्रतिवेदनमा उल्लेख छ ।

चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु २६ खर्ब ९३ करोड ९० लाख तथा कूल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु ३० खर्ब सात अर्ब २४ करोड ६० लाख रहने उल्लेख छ ।

त्यसैगरी अर्को मुख्य सूचकांक चालु मूल्यमा कुल उत्पादन आधारभूत मूल्यमा रु ४२ खर्ब छ अर्ब ९१ करोड ३० लाख र कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *