आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित

Sharing is caring!

चैत २८, २०८० । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ । मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पन्जाबलाई १८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । जवाफमा पन्जाबको टोलीले १८० रन बनाउन सफल भयो र खेल २ रनले पराजित भयो ।

पहिले ब्याटिङ गर्न आएका हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले मिलेर ३.२ ओभरमा २७ रन जोडे तर अर्शदीप सिंहले २१ रनमा हेडलाई पहिलो र ३ नम्बरमा ब्याटिङ गर्न आएका एडेन मार्करामलाई शून्यमा पभेलियन पठाए । त्यसलगत्तै अभिषेक शर्मा पनि १६ रनमा आउट भए र पाहुना टोलीले पावरप्लेमा ३ विकेट गुमाएको थियो ।

मध्यक्रममा नितिश रेड्डीले ६४ रनको पारि खेल्दा राहुल त्रिपाठी ११ रनमा आउट भए । यस्तै अब्दुल समदले २५ रन जोड्दा सहवाज अहमदले नटआउट १४ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याट्सम्यानको सुरुवात खराब रह्यो । जोनी बेयरस्टो, प्रभसिमरन सिंह र शिखर धवन २० रनको स्कोरमा प्याभिलियन फर्किए । साम कुरान (२९ रन) र सिकन्दर रजा (२८ रन)ले छोटो पारी खेले पनि दुवै ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । उपकप्तान जितेश शर्माले १९ रन बनाएर फेरि फ्लप भए ।

गत खेलका नायक शशांक सिंह र आशुतोष शर्माले फेरि एकपटक खेलमा आफ्नो फर्मलाई कायमै राखे । दुवै ब्याट्सम्यानले मिलेर ६६ रन जोडेपनि उनीहरुको टोली लक्ष्य प्राप्त गर्न २ रन टाढा रह्यो । शशांक सिंहले २५ बलमा ४६ रन र आशुतोष शर्माले १५ बलमा ३३ रनको तूफानी पारि खेले ।

अन्तिम ओभरमा २९ रन आवश्यक थियो तर पञ्जाबका ब्याट्सम्यानले ३ छक्का प्रहार गर्दै २६ रन बनाउन सकेका थिए । हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए । आइपीएलमा आज राति राजस्थान रोयल्स् र गुजरात टाइटन्स भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *