साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा प्रवेश

Sharing is caring!

असोज ६, २०८० । पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो ।

माल्दिभ्सले खेलको ३९ औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिएपनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए । सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम ४ मा पुर्याउन पर्याप्त रह्यो ।

समूह एमा पाकिस्तानको ४ अंक रह्यो । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरीनै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने समिकरण तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *