प्रधानमन्त्रीको सामुन्ने मुख्यमन्त्री कार्कीले भने- अधिकार हस्तान्तरण नगरे संघर्ष

Sharing is caring!

पुस ६, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताएका छन् ।

सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० कभिएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमलदा हाललाई आग्रह गरे ।

‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीज्यूलाई आग्रह छ, उनले भने, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’

विद्युतकै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ त्यो हामीले पाउनु पर्ने छ । उनले भने, ‘त्यसका लागि संघीय सरकार र संघीय संसदसँग सहकार्य संघर्ष दुबै गर्नु पर्ने छ ।’

उक्त सबस्टेशनको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *