यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

Sharing is caring!

माघ २८, २०८० । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो ।

भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट विश्वकप जितेको छ । यस बाहेक भारतले ८ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल खेलेको छ । अर्थात् अहिलेसम्म भारतले ५ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल जितेको छ भने ३ पटक हार बेहोरेको छ । भारतीय टोली कीर्तिमानी छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यका साथ अष्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ ।

भारतीय टोलीले पहिलो पटक यू–१९ क्रिकेट विश्वकप २००० जितेको थियो । उक्त भारतीय टोलीका कप्तान मोहम्मद कैफ थिए । यसपछि भारतले सन् २००६ को अन्डर–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो तर उपाधि खेलमा पाकिस्तानसँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको टोलीले २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो । त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रो पटक च्याम्पियन बनेको थियो । उक्त भारतीय टोलीका कप्तान उन्मुक्त चन्द थिए । इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेन ।

त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो । त्यस पटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो । भारतीय टोलीले पाँचौं पटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो । त्यतिबेला यश धुलले नेतृत्व गरेका थिए । तर, फेरि एकपटक भारतीय टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरेका छन् ।

यदि भारतीय टोली अष्ट्रेलियाविरुद्धको फाइनलमा जित निकाल्न सफल भयो भने यो कीर्तिमानी छैटौं उपाधि हुनेछ ।
अस्ट्रेलियाले पहिलैं संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो । त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो । अस्ट्रेलिया चौथो उपाधिको खोजिमा छ ।

यू १९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हावी भएको छ । आइतबारको फाइनल तेस्रो भिडन्तको रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *