राजनीतिक दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत

Share this news:

असार २, २०८१ । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका आधारमा राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक रहेको बताए ।

उनले भने, ‘सरुवा बढुवामा पारदर्शिता छैन् । पहुँचको भरमा सरुवा बढुवा गर्ने काम हुन्छ । कुनै पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न सक्दैनन् । दक्षताको आधारमा होइन झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक छ ।’

उनले संविधान लागू भएपछि पनि पुरानो पद्धतीलाई निरन्तरता दिने हो भने वर्तमान कानूनको अर्थ नहुने भन्दै सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रशासनमा प्रशासकिय प्रमुखहरु एक महिनामा चार पटकसम्म परिवर्तन हुने पद्धती छ । यसलाई कसरी नियन्त्रण गर्न सक्छौ । हिजो जुन पद्धती थियो, संविधान लागू भइसकेपछि पनि त्यही पद्धतीलाई निरन्तरता दिने हो भने अहिले हामीले ल्याएको संघीयता र बनाएको कानूनको अर्थ नरहने हुँदा सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *