विवाह पञ्चमी महोत्सवको पहिलो दिन राम लक्ष्मण बनाएर नगर दर्शन

Sharing is caring!

मंसिर २७, २०८० । जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ।


मंगलवारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो ।


त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो।


नगर दर्शन अवलोकनका लागि पुगेका दर्शक एवं दर्शनार्थीहरु दिनभर झुमेर रमाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *