नेपाल टेलिकमले ल्यायो ‘चाडपर्व अफर’

Sharing is caring!

भदौ ३१, २०८० । नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान चाड तीज र संविधान दिवसको अवसरमा ‘चाडपर्व अफर’ ल्याएको छ । चाडपर्वको अवसरमा सहुलियत दरका डेटा र भ्वाइससहितको प्याक उपलब्ध गराउन लागिएको टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुने एनटीसीले जनाएको छ।

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

यो अफर आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *