राज्यको गलत नीतिकै कारण महंगी बढेको श्रेष्ठको आरोप

Sharing is caring!

भदौ ३१, २०८० । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले, राज्यले लिएको गलत नीतिकै कारण महंगी बढेको आरोप लगाएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’ विषयक बिचार गोष्ठिमा उनले राज्यले लिएको गलत नीतिकै कारण अर्थतन्त्र धरासाही बनेको आरोप लगाए । राज्यले लिएको गलत नीतिकै कारण व्यवसायी, आम जनता र राज्य नै पीडामा परेको उनको तर्क छ ।

‘कोभिड पश्चात रुस युक्रेन युद्ध भयो त्यसले गर्दा हाम्रो बाह्य क्षेत्रमा समस्या भयो । त्यो समस्यालाई सम्बोधन गर्नलाई राज्यले अलि कडा नीतिहरु लियो र त्यहि नीतिले गर्दाखेरी आजको परिस्थिति आयो । त्यसबेला महासंघको तर्फबाट बारम्बार यत्तिको कडा नीति लिनु हुँदैन, कन्ट्रोलिङ गर्ने किसिमले जानु हुँदैन भनेर हामीले कुरा राखेका थियौ । त्यो कुरा सुनिएन र अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन्। व्यवसायी,जनमानस मात्र होइन राज्य नै पीडामा छ अहिले ।’

राज्यको राजस्व घटेको, सरकारी कर्मचारीलाई तलब खुवाउन नसकेको र ऋण लिएर राज्य चलाउनु पर्ने अवस्था आउनुमा राज्यको लिएको गलत नीति जिम्मेवार भएको उनको ठोकुवा छ ।

त्यस्तै उनले उत्पादकत्व बढाउन जोड दिदै उपभोक्तालाई सुलव मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सरकारले चनाखो हुनुपर्ने बताए । साथै उपभोक्तालाई मार नपर्ने गरी करको दर घटाउनुपर्ने धारणा उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *