गठबन्धन कार्यदलको ‘न्यूनतम साझा कार्यक्रम’को मस्यौदा प्रधानमन्त्रीलाई बुझाउने तयारी

Sharing is caring!

चैत ३, २०८० । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन् ।

दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज प्रधानमन्त्रीलाई बुझाउन लागेको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलले बिहान साढे ९ बजे बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर उक्त कार्यक्रम बुझाउने तयारी गरेको छ ।

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *