सरकारले जाजरकोट भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

Sharing is caring!

कात्तिक १९, २०८० । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएका स्थानीय जनताको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

बैठकपछि मन्त्री बस्नेतले भने, ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्ने भयो भने पनि सबैको उपचार निःशुल्क हुन्छ ।’ ्बै ठकमा उनले भूकम्पका घाइतेहरुको निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव राखेको बताए ।

भूकम्प पीडितहरुको उद्धारको काम हिजै सकिइसकेकोले अब घाइतेको उपचार, राहत र पुर्नस्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय आजको बैठकले गरेको । छ । आजदेखि पीडित र प्रभावितका लागि खाद्यान्न र पुर्नवासको अस्थायी व्यवस्था गर्न सरकार लाग्ने बस्नेतले बताए ।

‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ’ मन्त्री बस्नेतले भने । २०७२ सालको भूकम्पको समय राहत र पुर्नबासमा सरकारले गरेका त्रुटिलाई दोहोरिन नदिनेगरी जाजरकोट भ्रकम्प प्रभावितका लागि काम गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *