क्रिकेटर सन्दीप लामिछाने निलम्वित

Sharing is caring!

पुस २६, २०८० । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधवार सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *