क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

Share this news:

पुस २५, २०८० । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उनलाई सजाय तोकेको हो ।यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । अदालतको फैसलाअनुसार लामिछानेले पीडितलाई पाँच लाख लागि रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्ने छ ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए । फैसला सुनाउन अदालतले पत्रकार सम्मेलन नै गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले अदालतको निणर्य सुनाउँदै भने, ‘‘परिवर्तित नाम ‘गौशाला–२६’ ६ (१) ०८९– ०८० को उमेर ,प्रतिवादी सन्दीप लामिछानेको उेमेर,घटना हुँदाको अवस्था,प्रतिवादीको,सामाजिक हैसियत,पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम आठ वर्ष कैद दफा २१९ (३) क (ग) बमोजिम रु तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजीम प्रतिवादीलाई भएको जरिवाना रु तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित ‘गौशाला–२६’ ६ (१) ०८९– ०८० लाई भराइ दिने ठहर छ ।’’

लामिछानेले दफा १३७ अनुसार पुनरावेदन गर्न सक्नेछ । फैसला उपर उनले सरकार,प्रतिवादीविरुद्ध उच्च अदालत अदालत पाटनमा जान सक्ने हक सुरक्षीत रहेको पन्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *