मेरो उम्मेद्ववारीको आधार बलियो छ, सबैलाई न्याय गर्छु: प्रधान

Sharing is caring!

चैत्र २, २०७६ । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले महासंघमा २८ वर्ष सक्रिय जीवन बिताएको र थुप्रै काम गरेकोले आफ्नो उम्मेद्धवारीको आधार बलियो भएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले आफूले विगत २८ वर्षदेखि महासंघ प्रतिनिधित्व गरेको सुनाए । उनले आफूले जील्लानगर र वस्तुगततर्फ महासंघमा प्रतिनिधित्व गरेको स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले आफूले नेपाल जेसिजको समेत राष्ट्रिय अध्यक्ष भएर काम गरिसकेको र एशियाकै बेष्ट योङ प्रेसिडेन्टको अवार्ड पाएको स्मरण गराए ।

उद्योग वाणिज्य महासंघको ६ दशकको ईतिहासमा साना तथा मझौला व्यवसायी तथा उद्यमी अहिलेसम्म नेतृत्वमा पुग्न नसकेको र आफ्नो त्यो सपना रहेकोले अहिले त्यो मौका आएको पनि प्रधानले सुनाए । आफूले महासंघको मर्यादा र संस्थाको इमान्दारितालाई यो जिल्लानगरको वस्तुगतको एशोसिएटका सम्पूर्ण सदस्यलाई सही न्याय दिन्छु भनेर नै उम्मेद्वारी दिएको प्रधानको भनाई छ ।

उनले मुलुकलाई कृषि क्रान्तिबाट समृद्धिको यात्रामा अघि बढाउन सकिने पनि सुनाए । आफूलाई शेखर गोल्छाको साथ र समर्थन रहेको सुनाए । त्यतिमात्रै नभएर, महासंघका भुतपूर्व अध्यक्षहरुको पनि आफूलाई साथ रहेको उनले जनाए । नेपालको कृषि क्षेत्र आयातमुखी भएको उल्लेख गर्दै आफूले यसलाई निर्यातमुखी बनाउनका लागि पहल गर्ने उनको भनाई छ ।

प्रधानले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी रुपमा प्रभाव परेकोले नेपाललाई पनि आर्थिक रुपमा असर परेको सुनाए । यही मौकामा उद्योगी तथा व्यवसायीहरुले कालोबजारी गरेको भनेर गरिएको गुनासोमा टिप्पणी गर्दै प्रधानले भने,‘कालोबजारी भएको छैन् । अहिले विश्वभरि नै संकटकालिन अवस्था छ । अमेरिकाले त ईमर्जेन्सी घोषणा गरेको छ । नेपालमा प्रिकशन नहुनु दुर्भाग्य हो ।’

उनले अहिलेपनि नेपालमा सभा, सम्मेलन चलिरहेको सुनाउँदै यो पनि दुःखद् अवस्था भएको चित्रण गरे । उनले उद्योगी, व्यवसायीहरुले कालोबजारी र अनियमितता गरेको पाईए कडा कारबाही गर्नुपर्ने बताए । उनले भने,‘तर, कालोबजारी भएको छैन् । यो कुरामा उद्योग वाणिज्य महासंघ सचेत छ ।’ कालोबजारीको वातावरण सिर्जना हुनै नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले आफू युवाकै नेतृत्व गरेर यहाँसम्म आईपुगेको उल्लेख गर्दै युवालाई उद्यमशिलता दिने बताए । उनले भने,‘युवाहरुले एकैचोटी ठूलो सपना देख्नुहुँदैन् । अहिलेसम्म जो जो सफल भएका छन्, उनीहरुको श्रीगणेश साना उद्योगबाट भएको हो ।’ उनले कृषिमा आधुनिकीकरण गर्ने आफ्नो सोच रहेको सुनाए ।

उनले भने,‘कृषिमा युवालाई संलग्न गराएर उनीहरुलाई उद्यमी बनाउनुपर्छ ।’ उनले युवा पुस्तालाई देशभित्रै सक्षम बनाउनुपर्ने तर्क गरे । नेपालमा पर्यटन, कृषि, हाईड्रोमा अपार सम्भावना रहेको सुनाउँदै युवा पुस्तालाई यसमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो ।

उनले युवालाई विदेश पलाउन हुनबाट रोक्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘हामीले युवालाई देशमा राम्रो वातावरण दिन सकेका छैनौं । हामीले युवालाई राम्रो सम्मान दिन सकेका छैनौ. । नेपालमा प्रशस्त अवसर छन् ।’ उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको सुनाउँदै सरकारले भने उचित सम्मान नदिएको गुनासो पोखे ।

प्रधानले दुई महिना पछाडी स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छोको समर्थनमा बरिष्ठ उपाध्यक्ष घोषणा गरेका हुन् । प्रधान हाल उपाध्यक्ष छन् । प्रधानलाई गोल्छाले उपाध्यक्ष मनोनित गरेका थिए । महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधान र चन्द्र ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।

ढकाललाई अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले समर्थन गरेका छन् । महासंघको संशोधित विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन् । महासंघका तीन खालका सदस्य छन् । एउटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट सदस्य ।

महासंघको ७७ जिल्लाको १०५ जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् र यी सदस्यको मतको भार कुलमा ५० प्रतिशत छ । वस्तुगतमा १ सय ३ सदस्य छन्, उनीहरुको मतभार २० प्रतिशत र एशोसिएटमा ९ सय ३२ सदस्य छन् । उनीहरुको मतभार ३० प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *