चार वर्षमा राम्रा काम गरेर देखाउन पुराना दललाई रास्वपाको चुनौती

Sharing is caring!

असोज १२, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षभित्र राम्रा काम गरेर देखाउन चुनौती दिएका छन् । उनले अन्य दलहरूलाई अबको ४ वर्ष सहकार्य गरेर देशको तमाम समस्या सुल्झाउन भनेका हुन् ।

‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तर्पाईंहरू सबै मिल्नुस्,’ उनले भनेका छन्, ‘देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्, हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा ।’

उनले थप चुनौति दिँदै भनेका छन्, ‘तर ‘मिशन ८४’ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन । तपाईंहरूका लागि त ‘मिशन ८०’ नै छ त ! मिशन २००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ! केही नभए पनि मिसन २०६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त १ यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् ।’

आफूले पुराना भनिएको दलहरूलाई घण्टी बजार सचेत गराएको उल्लेख गर्दै सभापति लामिछानेले भनेका छन्, ‘चार÷चार वर्षमा वर्ष बाँकी छ भने गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’

चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने भन्दै उनले काम गरेर देखाउन दलहरूलाई चुनौति दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *