खेलकुद - Hitkhabar https://hitkhabar.com/category/sports/ The new era of Information Fri, 03 May 2024 01:37:56 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg खेलकुद - Hitkhabar https://hitkhabar.com/category/sports/ 32 32 आइपीएलमा राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित https://hitkhabar.com/indian-premier-league-22/ https://hitkhabar.com/indian-premier-league-22/#respond Fri, 03 May 2024 01:37:55 +0000 https://hitkhabar.com/?p=28768

वैशाख २१, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । हैदरावादले बिहीबार

The post आइपीएलमा राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित first appeared on Hitkhabar.

The post आइपीएलमा राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित appeared first on Hitkhabar.

]]>

वैशाख २१, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । हैदरावादले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको हो ।

हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहे पनि ११ रनमात्रै बनेको थियो । अन्तिम ओभर हैदरावादका अनुभवि बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेका थिए ।

सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि पावरप्लेमा हैदराबादले रन बनाउन सकेन । अभिषेक शर्मा पाँचौं ओभरमा १० बलमा १२ रन बनाएर आउट भए । त्यस्तै अनमोलप्रीत सिंह छैठौं ओभरमा व्यक्तिगत ५ रन बनाएर पभेलियन फर्किए । त्यहाँबाट इनिङलाई अगाडि बढाउने काम ट्राभिस हेड र नितिश कुमार रेड्डीको जोडीले गरेको थियो । हैदरावादको टोलीले १३ औं ओभरमा १०० रनको अंक पार ग¥यो । योसँगै हेडले ३९ बलमा अर्धशतक बनाएका थिए । तेस्रो विकेटका लागि ९६ रनको साझेदारी आवेश खानले तोडेका थिए । हेडले ४४ बलमा ५८ रन बनाएपछि १५औं ओभरमा आउट भए । उनी आउट हुँदा टिमको स्कोर १३१ रन रहेको थियो ।

ट्राभिस हेडको विकेटपछि नितिश कुमार रेड्डीले पारिको जिम्मा लिए । उनले ३० बलमा आफ्नो अर्धशतक पूरा गर्न सफल भए । अर्धशतक पछि, नितिशले थप आक्रामकता देखाए र हेनरिक क्लासेनको अर्थपूर्ण साथ पनि पाए । दुवैले चौथो विकेटका लागि ३२ बलमा ७० रनको नटआउट साझेदारी गर्दै स्कोरलाई २०० भन्दा माथि पुर्याएका थिए । नितिशले ४२ बलमा तीन चौका र आठ छक्का प्रहार गर्दै नटआउट ७६ रन बनाए । सोही क्रममा क्लासेनले १९ बलमा तीन चौका र तीन छक्का सहित ४२ रनको नटआउट पारि खेले ।

राजस्थान रोयल्सका लागि आवेश खान सर्वाधिक सफल बलर बने र दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमा नै दुई ठूला विकेट गुमायो । जोस बटलर र कप्तान सञ्जु सामसनले खाता पनि खोल्न सकेनन् । यी दुईको विकेटसँगै राजस्थानको इनिङ्स निकै कठिन देखिएको थियो । त्यसपछि यशस्वी जैसवाल र रियान परागको उत्कृष्ट ब्याटिङको नमुना पेश गरे । दुवैले शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि १३४ रनको साझेदारी १४औं ओभरमा टुटेको थियो । जैसवालले ४० बलमा ६७ रन बनाएर आउट भए ।

रियान परागले पनि अर्धशतक बनाएर ४९ बलमा ७७ रन बनाएपछि १६औं ओभरमा १५९ रनको स्कोरमा चौथो विकेटका रूपमा आउट भएका थिए । शिमरोन हेटमायरले छिटो रन बनाउने प्रयास गरे तर उनी पनि ९ बलमा १३ रन बनाएर १८ औं ओभरमा १८१ रनमा आउट भए । ध्रुव जुरेलको ब्याटले पनि काम गरेन र ठूलो सट खेल्ने प्रयासमा १९ औं ओभरमा १ रन मात्र बनाएर आउट भए । त्यस ओभरमा ७ रन मात्र आयो । अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो ।
पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई शानदार जित दिलाए । सनराइजर्स हैदरावादका भुवनेश्वरले सर्वाधिक ३ विकेट लिए । हारे पनि राजस्थान रोयल्स तालिकाको शीर्ष स्थनमा छ । अहिलेसम्म १० खेल खेल्दा राजस्थान दुई खेलमा मात्रै पराजित भएको छ । हैदरावाद भने जितसका साथ १२ अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफको दावेदारिता प्रस्तुत गरेको छ ।

आइपीएल अन्तर्गत आज राति मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरुहुने छ ।

The post आइपीएलमा राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित first appeared on Hitkhabar.

The post आइपीएलमा राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/indian-premier-league-22/feed/ 0
नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला https://hitkhabar.com/defeated-nepal-by-28-runs/ https://hitkhabar.com/defeated-nepal-by-28-runs/#respond Thu, 02 May 2024 12:30:24 +0000 https://hitkhabar.com/?p=28743

वैशाख २०, २०८१ ।  नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ

The post नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला first appeared on Hitkhabar.

The post नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला appeared first on Hitkhabar.

]]>

वैशाख २०, २०८१ ।  नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ ।

बिहीबार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले एक खेल अगावै श्रृंखला जितेको हो ।

आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए ।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो । अन्तिम खेल शनिबार हुनेछ । शनिबार नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ ।

The post नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला first appeared on Hitkhabar.

The post नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/defeated-nepal-by-28-runs/feed/ 0
नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै https://hitkhabar.com/t20/ https://hitkhabar.com/t20/#respond Thu, 02 May 2024 06:30:40 +0000 https://hitkhabar.com/?p=28710

वैशाख २०, २०८१ । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो मैत्रीपूर्ण टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

The post नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै first appeared on Hitkhabar.

The post नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै appeared first on Hitkhabar.

]]>

वैशाख २०, २०८१ । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो मैत्रीपूर्ण टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

५ खेलको जारी शृंखला बराबरी गर्न आज नेपाललाई जित्नै पर्ने दबाब छ ।

तीन खेल खेलेको नेपालले तीनमध्ये दुई खेलमा हार र एक खेलमा मात्रै जित निकालेको थियो । शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

आजको खेलमा वेस्ट इन्डिज ‘ए’ ले जित निकाले अन्तिम खेलअगावै शृंखलाको उपाधि जित्नेछ भने नेपाललाई चौथो खेल जितेर बराबरी गर्ने मौका पनि छ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी –२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन्।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

The post नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै first appeared on Hitkhabar.

The post नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/t20/feed/ 0
आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित https://hitkhabar.com/indian-premier-league-21/ https://hitkhabar.com/indian-premier-league-21/#respond Thu, 02 May 2024 01:12:34 +0000 https://hitkhabar.com/?p=28670

वैशाख २०, २०८१ । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको

The post आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित first appeared on Hitkhabar.

The post आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित appeared first on Hitkhabar.

]]>

वैशाख २०, २०८१ । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नईको जारी आइपीएलमा पाँचौं हार हो । चेन्नईको १० खेलमा १० अंक छ । पराजित भए पनि अंक तालिकाको चौथो स्थानमा यथावत छ । तर, चेन्नईको नेट रन रेट घटेको छ । उता, जितपछि पञ्जाब किंग्सले तालिकामा ८ अंक बनाएको छ । १० खेलमा चौथो जित हात पारेको छ । टोलीले ६ खेलमा हार बेहोरेको छ । पञ्जाब अंक तालिकाको सातौं स्थानमा पुगेको छ । यसको नेट रन रेटमा पनि सुधार भएकाले प्लेअफको आशा जीवितै छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले सुरुआत राम्रो गरेको थियो । ८.२ ओभरमा ६४ रन बनाएका बेला अजिंक्या रहाणे २४ बलमा २९ रन बनाएर आउट भएका थिए । उनले चार चौका प्रहार गरेका थिए । लगत्तै शिवम दुवे डकआउट भएका थिए । टिमको स्कोर ७० रन पुग्दा रविन्द्र जडेजा पनि व्यक्तिगत २ रनको अवस्थामा पभेलियन फर्किए ।

१० ओभरभित्र तीन विकेट गुमेपछि चेन्नई दबामा आएको थियो । एक छेउमा कप्तान ऋतुराज गायकवाड टिके पनि अन्य ब्याटरहरु आउने र जाने क्रम चलेको थियो । चौथो विकेटको रुपमा टिमको स्कोर १०७ पुग्दा चेन्नईका समीर सिज्भी २३ बलमा २१ रनको स्लो पारि खेलेर आउट भए ।

उनले जम्मा एक चौका प्रहार गरे । पाँचौं विकेटको रुप्मा कप्तान ऋतुराज अर्धशतकीय पारि खेलेर विदा भए । उनले ४८ बलमा २ छक्का र ५ चौकाको मद्दतले ६२ रन जोडेर क्रिज छाडेका थिए । मोइन ओली १५ रन बनाएर आउट हुँदा महेन्द्रसिंह धोनी १४ रनमा रनआउट भए । पञ्जावका हरप्रित बरार राहुल चहारले दुई दुई विकेट लिए ।

१६३ रनको लक्ष्यसहित मैदान उत्रिएको पञ्जावको सुरुआत भने खास रहेन । पहिलो विकेटको रुपमा प्रभासिमरन सिंह १३ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनी वेरिस्टो र रिले रुसोले पारि सम्हालेका थिए । दोस्रो विकेट पञ्जावले ९.२ ओभरमा ८३ रन बनेका बेला गुमाएको थियो । दोस्रो विकेटको रुपमा जोनी वेरिस्टो ३० बलमा ४६ रन बनाएर आउट भए ।

उनले एक छक्का र सात चौका प्रहार गरे । त्यसैगरी रिले रुसो तेस्रो विकेटको रुप्मा आउट हुँदा पञ्जावले १२ औं ओभरमा ११३ रन बनाएको थियो । रुसोले २३ बलमा ४३ रनको पारि खेले । उनले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

अन्त्यमा शंशांक सिंह र साम करणले नटआउट पारि खेल्दै सहज जित दिलाए । शशांकले २६ बलमा २५ रन बनाएका साम करणले २० बलमा २६ रनको नटआउट पारि खेले । पञ्जावका सार्दुल ठाकुर, रिचार्ड ग्लेसन र शिवम् दुवेले एक एक विकेट लिए ।

आईपीएलमा आज हैदरावाद र राजस्थान रोयल्स राति पौने ८ बजे आमने सामने हुने छन् ।

The post आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित first appeared on Hitkhabar.

The post आइपीएल : पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/indian-premier-league-21/feed/ 0
विश्वकपका लागि नेपाली टोलीको घोषणा https://hitkhabar.com/announcement-of-nepali-team-for-t-20-world-cup/ https://hitkhabar.com/announcement-of-nepali-team-for-t-20-world-cup/#respond Wed, 01 May 2024 14:14:40 +0000 https://hitkhabar.com/?p=28661

वैशाख १९, २०८१ । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ

The post विश्वकपका लागि नेपाली टोलीको घोषणा first appeared on Hitkhabar.

The post विश्वकपका लागि नेपाली टोलीको घोषणा appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।

विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले टोलीमा अवसर पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् ।

नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो ।


The post विश्वकपका लागि नेपाली टोलीको घोषणा first appeared on Hitkhabar.

The post विश्वकपका लागि नेपाली टोलीको घोषणा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/announcement-of-nepali-team-for-t-20-world-cup/feed/ 0
वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित https://hitkhabar.com/nepal-lost-to-west-indies-a-by-76-runs/ https://hitkhabar.com/nepal-lost-to-west-indies-a-by-76-runs/#respond Wed, 01 May 2024 11:08:49 +0000 https://hitkhabar.com/?p=28641

वैशाख १९, २०८१ । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको

The post वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित first appeared on Hitkhabar.

The post वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ ।

वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए । ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए । नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पु¥याएको छ । पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो ।

The post वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित first appeared on Hitkhabar.

The post वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-lost-to-west-indies-a-by-76-runs/feed/ 0
वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत https://hitkhabar.com/nepal-was-given-a-target-of-228-runs-by-west-indies-a/ https://hitkhabar.com/nepal-was-given-a-target-of-228-runs-by-west-indies-a/#respond Wed, 01 May 2024 09:15:23 +0000 https://hitkhabar.com/?p=28635

वैशाख १९, २०८१ । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २ सय २८ रनको

The post वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत first appeared on Hitkhabar.

The post वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २ सय २८ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।

उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले । त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

The post वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत first appeared on Hitkhabar.

The post वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/nepal-was-given-a-target-of-228-runs-by-west-indies-a/feed/ 0
टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो https://hitkhabar.com/5-t-20-series/ https://hitkhabar.com/5-t-20-series/#respond Wed, 01 May 2024 07:22:06 +0000 https://hitkhabar.com/?p=28626

वैशाख १९, २०८१ । ५ टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ ले पहिले व्याटिङ गर्ने निणर्य गरेको छ । बुधबार

The post टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो first appeared on Hitkhabar.

The post टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ । ५ टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ ले पहिले व्याटिङ गर्ने निणर्य गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’ टोलीले टस जितेर ब्याटिङ रोजेको छ। यो सँगै नेपालले पहिले बलिङ गर्दै छ।

आज कप्तान रोहित पौडेलसँगै अन्य तीन खेलाडी टोलीमा समावेश छैनन । कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । नेपाली टोलीले चार परिवर्तन गरेको हो ।

नेपाल र वेष्ट इण्डिजले यसअघि भएको दुई खेलमा दुवै टोलीले समान एक–एक खेल जितेका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११ :

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

The post टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो first appeared on Hitkhabar.

The post टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/5-t-20-series/feed/ 0
आइपीएमा लखनऊ सुपर जायन्ट्सको सहज जित https://hitkhabar.com/indian-premier-league-20/ https://hitkhabar.com/indian-premier-league-20/#respond Wed, 01 May 2024 01:40:56 +0000 https://hitkhabar.com/?p=28593

वैशाख १९, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले

The post आइपीएमा लखनऊ सुपर जायन्ट्सको सहज जित first appeared on Hitkhabar.

The post आइपीएमा लखनऊ सुपर जायन्ट्सको सहज जित appeared first on Hitkhabar.

]]>

वैशाख १९, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो ।

लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन एकदम सही साबित भयो । लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमित गरे । जवाफमा लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ । जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ ।

यो सिजनको आईपीएलमा निरिह सावित भएको मुम्बईका रोहित शर्मा आफ्नो जन्मदिनमा फेरी असफल भएका छन् । हिटम्यानको विकेटपछि मुम्बई दबाबमा आएको थियो । त्यसपछि रोहित, सूर्य र तिलकले दोहोरो अंक पनि पार गर्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या खाता नखोलेर पभेलियन फर्किए । मुम्बईका तीन ब्याट्सम्यानले टिमको इज्जत बचाए । जसमा इशान किशन (३२), नेहल वढेरा (४६) र टिम डेभिड (३५) रनको योगदान गरे । यी खेलाडीको ब्याटिङको आधारमा टोलीले १४४ रनको स्कोर बोर्डमा राख्न सफल भयो ।

लखनउका बलरहरूले सुरुदेखि नै मुम्बईलाई दबाएर राखेका थिए । टोलीका ५ बलरले विकेट लिए । मोहसिन खानले २ ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । त्यसबाहेक नवीन उल हक, मयंक यादव, रवि बिश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

लक्ष्य पच्छ्याउने क्रममा लखनऊका लागि मार्कस स्टोइनिसले उत्कृष्ट पारि खेले । २८ रनको स्कोरमा कप्तान राहुलले आफ्नो विकेट गुमाएका थिए । ओपनर अर्शिन कुलकर्णी खाता नखोलेर आउट भए । तर अलराउन्डर मार्कस स्टोइनिसले एक छेउमा रहेर खेल जिताए । उनले ४५ बलमा ६२ रनको इनिङ खेल्दै टोलीलाई ४ विकेटले जित दिलाएका हुन् । उनी बाहेक निकोलस पुरनले १४ रनको नटआउट पारि खेल्दा दीपक हुड्डाले १८ रन बनाए ।

मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोट्जे र मोहमद नविले एक एक विकेट लिए ।

The post आइपीएमा लखनऊ सुपर जायन्ट्सको सहज जित first appeared on Hitkhabar.

The post आइपीएमा लखनऊ सुपर जायन्ट्सको सहज जित appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/indian-premier-league-20/feed/ 0
भारतको टी–२० विश्वकप टोली घोषणा https://hitkhabar.com/%e0%a4%9f%e0%a5%80-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2/ https://hitkhabar.com/%e0%a4%9f%e0%a5%80-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2/#respond Tue, 30 Apr 2024 13:10:05 +0000 https://hitkhabar.com/?p=28571

वैशाख १८, २०८१ । भारतले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । मंगलबार

The post भारतको टी–२० विश्वकप टोली घोषणा first appeared on Hitkhabar.

The post भारतको टी–२० विश्वकप टोली घोषणा appeared first on Hitkhabar.

]]>

वैशाख १८, २०८१ । भारतले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

मंगलबार रोहित शर्माको कप्तानीमा भारतले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।

सार्वजनिक टोलीमा हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

टोलीमा उदयमान खेलाडीहरु यशस्वी जैसवाल, शुभमन गिल र अक्षर पटेलले समेत स्थान पाएका छन् ।

बीसीसीआईले बेवास्ता गरेका भनिएका अनुभवी स्पिनर युजवेन्द्र चहलले अन्ततः टोलीमा स्थान पाएका छन् ।

विकेट किपरको स्थान ऋषभ पन्त र सञ्जु सैमसनले लिएका छन् भने केएल राहुललाई आउट गरिएको छ ।

तर, शुभमन गिल, रिंकु सिंह, आवेश खान र खलील अहमदलाई रिजर्भमा राखिएको छ । टोलीमा तेज बलर अर्शदीप सिंह र मोहम्मद सिराजलाई पनि राखिएको छ ।

यस्तो छ विश्वकप खेल्ने भारतीय टोली

रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), सञ्जु सैमसन (विकेट किपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्व खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।

The post भारतको टी–२० विश्वकप टोली घोषणा first appeared on Hitkhabar.

The post भारतको टी–२० विश्वकप टोली घोषणा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%9f%e0%a5%80-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2/feed/ 0