विदेश - Hitkhabar https://hitkhabar.com/category/international/ The new era of Information Sun, 12 May 2024 05:06:49 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg विदेश - Hitkhabar https://hitkhabar.com/category/international/ 32 32 हमासले बन्धक रिहा गरे भोलिपल्टै नै युद्धविराम हुने : राष्ट्रपति बाइडेन https://hitkhabar.com/us-president-joe-biden/ https://hitkhabar.com/us-president-joe-biden/#respond Sun, 12 May 2024 02:46:04 +0000 https://hitkhabar.com/?p=29505

वैशाख ३०, २०८१ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन्

The post हमासले बन्धक रिहा गरे भोलिपल्टै नै युद्धविराम हुने : राष्ट्रपति बाइडेन first appeared on Hitkhabar.

The post हमासले बन्धक रिहा गरे भोलिपल्टै नै युद्धविराम हुने : राष्ट्रपति बाइडेन appeared first on Hitkhabar.

]]>

वैशाख ३०, २०८१ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।

अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरको आक्रमणको विरोध बाइडेनले गरे । बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।

हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन् । हमासका आतंककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए । यस हमलामा ११७० भन्दा बढी मानिस मारिएका थिए । त्यतिबेला २५० जनालाई अपहरण गरी गाजा पट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् । उक्त नियन्त्रणमा नेपालका विपीन जोशी पनि रहेको र उनको पनि अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन । इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

The post हमासले बन्धक रिहा गरे भोलिपल्टै नै युद्धविराम हुने : राष्ट्रपति बाइडेन first appeared on Hitkhabar.

The post हमासले बन्धक रिहा गरे भोलिपल्टै नै युद्धविराम हुने : राष्ट्रपति बाइडेन appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/us-president-joe-biden/feed/ 0
दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए अन्तरिम जमानत https://hitkhabar.com/arvind-kejriwal-will-be-out-on-interim-bail-till-june-1-till-the-final-phase-of-lok-sabha-elections/ https://hitkhabar.com/arvind-kejriwal-will-be-out-on-interim-bail-till-june-1-till-the-final-phase-of-lok-sabha-elections/#respond Fri, 10 May 2024 11:51:43 +0000 https://hitkhabar.com/?p=29419

वैशाख २८, २०८१ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छुट्ने भएका

The post दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए अन्तरिम जमानत first appeared on Hitkhabar.

The post दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए अन्तरिम जमानत appeared first on Hitkhabar.

]]>

वैशाख २८, २०८१ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छुट्ने भएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार मुख्यमन्त्री केजरीवाललाई ठूलो राहतमा १ जुनसम्म अन्तरिम जमानत छोड्न आदेश दिएको हो ।

न्यायाधीशद्धय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

चलिरहेको लोकसभा चुनावलाई ध्यानमा राख्दै अन्तरिम जमानत दिइएकोमा प्रवर्तन निर्देशनालयले भने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ ।

उसले चुनावको लागि प्रचार गर्न केजरिवाललाई संवैधानिक अधिकार नभएको बताएको छ ।

जुन १ सम्मको अन्तरिम जमानतको अर्थ मे २५ मा दिल्लीमा मतदान हुँदा केजरीवाल जेलबाट बाहिर हुनेछन् । जुन २ मा केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ । उनी मतगणना र नतिजा आएको दिन पुनः जेल जानेछन् ।

केजरीवाललाई अहिले खारेज गरिएको अन्तःशुल्क नीतिसँग जोडिएको मनी लान्ड्रिङ मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो । अन्तरिम जमानतको अर्थ उनी एक महिनापछि तिहाड जेलबाट बाहिरिनेछन् ।

The post दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए अन्तरिम जमानत first appeared on Hitkhabar.

The post दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए अन्तरिम जमानत appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/arvind-kejriwal-will-be-out-on-interim-bail-till-june-1-till-the-final-phase-of-lok-sabha-elections/feed/ 0
पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ https://hitkhabar.com/putin-has-been-sworn-in-as-president-of-russia-for-the-fifth-time/ https://hitkhabar.com/putin-has-been-sworn-in-as-president-of-russia-for-the-fifth-time/#respond Tue, 07 May 2024 13:22:01 +0000 https://hitkhabar.com/?p=29151

वैशाख २५, २०८१ । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् । हालै भएको आम चुनाव जितेका

The post पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ first appeared on Hitkhabar.

The post पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ appeared first on Hitkhabar.

]]>

वैशाख २५, २०८१ । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् ।

हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन् । उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले यो कठिन समयपछि रुस फेरि बलियो हुने बताएका छन् ।

सपथपछि पुटिनले रुस अन्य देशसँग सम्बन्ध विकास गर्न तयार रहेको बताए । रुसले हरेक खतरा र चुनौतीको उचित जवाफ दिन तयार रहेको पनि बताए ।

युक्रेनसँग चलिरहेको द्वन्द्वका कारण अमेरिकासहित धेरै पश्चिमी देशले पुटिनको सपथ ग्रहण समारोह भने बहिष्कार गरेका छन् ।

The post पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ first appeared on Hitkhabar.

The post पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/putin-has-been-sworn-in-as-president-of-russia-for-the-fifth-time/feed/ 0
युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत https://hitkhabar.com/russian-president-vladimir-putin/ https://hitkhabar.com/russian-president-vladimir-putin/#respond Mon, 06 May 2024 11:44:27 +0000 https://hitkhabar.com/?p=29059

वैशाख २४, २०८१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध

The post युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत first appeared on Hitkhabar.

The post युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत appeared first on Hitkhabar.

]]>

वैशाख २४, २०८१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन् ।

खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् । अभ्यासमा आणविक हतियारहरू पनि समावेश हुने र हतियारहरूसँग कसरी तयारी गर्न सकिन्छ र तिनीहरू केका लागि प्रयोग गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनसँग युद्ध सुरु भएदेखि नै पुटिनले आणविक हतियारलाई लिएर पटक पटक अन्तर्राष्ट्रिय जगतलाई धम्क्याउँदै आएका छन् । पछिल्लो समय फेब्रुअरीमा पनि उनले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए ।

रुसी सेनालाई युक्रेनबाहेक पश्चिमा देशबाट पनि खतरा रहेको भन्दै पुटिनले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएको रुपमा विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

The post युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत first appeared on Hitkhabar.

The post युक्रेनमाथिको आक्रमण झन तीव्र बनाउने पुटिनको संकेत appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/russian-president-vladimir-putin/feed/ 0
६ हप्तासम्म युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त https://hitkhabar.com/ceasefire-between-israel-and-hamas/ https://hitkhabar.com/ceasefire-between-israel-and-hamas/#respond Mon, 15 Apr 2024 03:48:10 +0000 https://hitkhabar.com/?p=27407

वैशाख ३, २०८१ । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका

The post ६ हप्तासम्म युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त first appeared on Hitkhabar.

The post ६ हप्तासम्म युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त appeared first on Hitkhabar.

]]>

वैशाख ३, २०८१ । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ ।

हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो ।

एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरुमार्फत् यस्ता सर्त अघि सारेको हो । हमासले १२९ जना बन्धकहरुलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो । तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन । हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो ।

त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ । साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ ।

हमासले अक्टोबर ७ मा इजरायली सहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो । यसपछि हमासका आतंककारीहरूले इजरायलमा प्रवेश गरी मानिसहरुको हत्या गरेका थिए । यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीहरू विरुद्ध कारबाही सुरु गरेको थियो । यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ ।

इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

The post ६ हप्तासम्म युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त first appeared on Hitkhabar.

The post ६ हप्तासम्म युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/ceasefire-between-israel-and-hamas/feed/ 0
इरानमा आज आम निर्वाचन https://hitkhabar.com/general-election-in-iran-today/ https://hitkhabar.com/general-election-in-iran-today/#respond Fri, 01 Mar 2024 05:19:30 +0000 https://hitkhabar.com/?p=25060

फागुन १८, २०८० । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना

The post इरानमा आज आम निर्वाचन first appeared on Hitkhabar.

The post इरानमा आज आम निर्वाचन appeared first on Hitkhabar.

]]>

फागुन १८, २०८० । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रुपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

शिया मुस्लिमहरुको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ जसले इरानको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ ।संसदमा पाँच सिट धार्मिक अल्पसंख्यकका लागि आरक्षित छन् । संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरुको सभाका लागि पनि मतदान गर्नेछन् । आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ । इरानको सर्वोच्च नेतामा अली खामीनी रहेका छन् ।

प्रत्येक ४ वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष २ बीच चुनाव हुन्छ ।

८.५ करोड जनसङ्ख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता वालिग मतदाताको रुपमा रहेका छन् ।
चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै ५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । चुनावका लागि इरानमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफ यस चुनावमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले आफ्ना ३० जना सहकर्मीलाई भोट दिन आग्रह गरेका छन् । ६ जना महिला बाहेक यो सूचीमा रूढिवादी र कट्टरपन्थी उम्मेदवार पनि परेका छन् ।

त्यसैगरी, चरम कट्टरपन्थी उम्मेदवारहरू चुनाव जित्ने सम्भावना रहेको उल्लेख गरेको छ । सन् २०१५ मा उदारवादी राष्ट्रपति हसन रुहानीलाई अपदस्त गरेपछि इरानको संसद निकायमा रूढीवादी र कट्टरपन्थीहरूले कब्जा गरेका थिए । अहिलेका सभामुख मोहम्मद बगेर गालिबाफ इरानको राष्ट्रपति बन्ने लक्ष्यमा रहेका छन् ।

The post इरानमा आज आम निर्वाचन first appeared on Hitkhabar.

The post इरानमा आज आम निर्वाचन appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/general-election-in-iran-today/feed/ 0
भारतमा चर्किदै किसान आन्दोलन https://hitkhabar.com/farmers-in-india-are-continuously-protesting/ https://hitkhabar.com/farmers-in-india-are-continuously-protesting/#respond Fri, 16 Feb 2024 04:34:00 +0000 https://hitkhabar.com/?p=24570

फागुन ४, २०८० । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड

The post भारतमा चर्किदै किसान आन्दोलन first appeared on Hitkhabar.

The post भारतमा चर्किदै किसान आन्दोलन appeared first on Hitkhabar.

]]>

फागुन ४, २०८० । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ ।

भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म चल्नेछ । त्यसपछि शनिबार सिसौलीमा पञ्जाब, हरियाणा, उत्तराखण्ड र युपीका किसान संगठन प्रतिनिधिको बैठक बस्नेछ । थप आन्दोलनको बारेमा त्यहाँ निर्णय गरिनेछ ।

यस बन्दलाई ग्रामीण भारत बन्दको नाम दिइएको भए पनि यसको प्रभाव सहरी क्षेत्रमा पनि पर्न सक्ने बताइएको छ । वास्तवमा, किसानहरूले पनि आफ्नो हडतालमा केही घण्टा राजमार्ग र एक्सप्रेसवे बन्द राख्ने बताएका छन् ।

शहरी क्षेत्रसँग सम्बन्धित धेरै कुराहरू यसबाट प्रभावित हुन सक्छन् । संयुक्त किसान मोर्चाले बन्दका क्रममा तरकारी तथा अन्य बालीको आपूर्ति र खरिदमा पनि रोक लगाउने जनाएको छ । बन्दको अवधिमा सहरका पसल तथा संस्था पनि बन्द रहने बताइएको छ ।

बन्दको समयमा एम्बुलेन्स, मृत्यु, विवाह, मेडिकल पसल, पत्रपत्रिका आपूर्ति, बोर्ड परीक्षा, विमानस्थलको यात्रा जस्ता अत्यावश्यक तथा अत्यावश्यक सेवाहरु खुल्ला रहने जनाइएको छ ।

यस बन्दको अवधिमा यातायात, कृषि गतिविधि, महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (मनरेगा) ग्रामीण कार्य, निजी कार्यालय, गाउँका पसल र ग्रामीण औद्योगिक तथा सेवा क्षेत्रका संस्थाहरू बन्द रहनेछन् । यसका साथै विभिन्न राज्यमा रोडवेज बस र राजमार्ग पनि केही घण्टा बन्द हुने दाबी गरिएको छ ।

यो बन्द संयुक्त किसान मोर्चा, अन्य किसान संगठन र धेरै ट्रेड युनियनले संयुक्त रुपमा आह्वान गरेको हो । यो बन्दको आह्वान गर्नुका पछाडि किसानका धेरै माग छन् । यी मध्ये सबैभन्दा महत्वपूर्ण माग एमएसपी (न्यूनतम समर्थन मूल्य) को बारेमा छ ।

कृषकहरुले उच्च विद्युत् महसुल घटाउन पनि माग गरिरहेका छन् । किसानले उखुको उचित भुक्तानी नपाएको भन्दै चाँडोभन्दा चाँडो बक्यौता भुक्तानी गर्नुपर्ने बताउँछन् । किसानले डिजेल र पेट्रोलको मूल्य पनि घटाउन माग गरेका छन् ।

यसका साथै किसानहरूले मनरेगालाई सुदृढ गर्न, पुरानो पेन्सन योजनाको पुनस्र्थापना र औपचारिक र अनौपचारिक दुवै क्षेत्रका सबै श्रमिकहरूलाई पेन्सन र सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि माग गरिरहेका छन् ।

The post भारतमा चर्किदै किसान आन्दोलन first appeared on Hitkhabar.

The post भारतमा चर्किदै किसान आन्दोलन appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/farmers-in-india-are-continuously-protesting/feed/ 0
चिलीमा भीषण आगलागी, कम्तिमा ५१ जनाको मृत्यु https://hitkhabar.com/into-the-jungle-in-chile/ https://hitkhabar.com/into-the-jungle-in-chile/#respond Sun, 04 Feb 2024 05:01:22 +0000 https://hitkhabar.com/?p=24096

माघ २१, २०८० । मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ ।

The post चिलीमा भीषण आगलागी, कम्तिमा ५१ जनाको मृत्यु first appeared on Hitkhabar.

The post चिलीमा भीषण आगलागी, कम्तिमा ५१ जनाको मृत्यु appeared first on Hitkhabar.

]]>

माघ २१, २०८० । मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन ।

करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुँवा आकाशमा उडिरहेको छ । अग्नी नियन्त्रक हेलिकप्टर र ट्रकहरु प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । तर कठिन भएको छ । चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको, र त्यसले भीषण रुप लिँदा एक हजारभन्दा धेरै घरहरु जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ ।
‘हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय यो आगो सघन बस्तीमा फैलिँदै गएको छ । जसका कारण मानिस, घर र सुविधामा असर परिरहेको छ,’ उनले भनेकी छन् ।

चिलीमा जंगलमा आगलागी हुनु सामान्य कुरा हो । गत वर्ष आगोले २७ जनाको ज्यान गएको थियो भने चार लाख हेक्टरभन्दा बढी जमिन प्रभावित भएको थियो । गृहमन्त्री तोहाले गत वर्षको तुलनामा यसपटक आगलागीको क्षेत्र निकै कम भए पनि तीव्र गतिमा फैलिरहेको बताइन् ।

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई टेलिभिजन सम्बोधनमार्फत् स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएका छन् ।

The post चिलीमा भीषण आगलागी, कम्तिमा ५१ जनाको मृत्यु first appeared on Hitkhabar.

The post चिलीमा भीषण आगलागी, कम्तिमा ५१ जनाको मृत्यु appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/into-the-jungle-in-chile/feed/ 0
बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न https://hitkhabar.com/bangladesh-general-election/ https://hitkhabar.com/bangladesh-general-election/#respond Sun, 07 Jan 2024 14:49:47 +0000 https://hitkhabar.com/?p=22949

पुस २२, २०८० । बंगलादेशमा हिंसाका घटनाहरुकैबीच आम निर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समय अनुसार विहान

The post बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न first appeared on Hitkhabar.

The post बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न appeared first on Hitkhabar.

]]>

पुस २२, २०८० । बंगलादेशमा हिंसाका घटनाहरुकैबीच आम निर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समय अनुसार विहान पौने ८ बजेबाट सुरु भएको मतदान बेलुका सवा ४ बजेसम्म चलेको थियो ।

बंगलादेशमा ३० प्रतिशतभन्दा पनि कम मतदाताले मतदान गरेका छन् । २०१८ को चुनावमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । यसपटक विपक्षीको वहिष्कारका बाबजुद चुनाव भएको हो । तर निर्वाचन अधिकारीले खसेको मतको प्रतिशत सार्वजिनक गरिसकेका छैनन् ।

विपक्षी दलले वहिष्कार गरेका कारण पनि कम मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मतदानका बेला आज विभिन्न ठाउँमा हिंसाका छिटपुट घटनाहरु भने भएका छन् । नतिजा सोमबार सार्वजनिक हुने छ । विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेकाले सत्तारुढ अवामी लिगको जित निश्चित मानिएको छ । शेख हसिना हाल बंगलादेशकी प्रधानमन्त्री छिन् । बंगलादेशको ठूलो विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले हसिनाको नेतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने आरोप लगाउँदै वहिष्कार गरेको हो ।

बंगलादेशमा सांसदको संख्या ३ सय ५० छ । ३०० प्रत्यक्ष र ५० सिट महिलाका लागि आरक्षित छ ।

The post बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न first appeared on Hitkhabar.

The post बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/bangladesh-general-election/feed/ 0
बलिउड एक्टर इरफान खानको निधन https://hitkhabar.com/%e0%a4%ac%e0%a4%b2%e0%a4%bf%e0%a4%89%e0%a4%a1-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%87%e0%a4%b0%e0%a4%ab%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/ https://hitkhabar.com/%e0%a4%ac%e0%a4%b2%e0%a4%bf%e0%a4%89%e0%a4%a1-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%87%e0%a4%b0%e0%a4%ab%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/#respond Wed, 29 Apr 2020 07:54:40 +0000 https://hitkhabar.com/?p=14306 irrfan-khan

बैशाख १७, २०७७ । बलिउड एक्टर  इरफान खानको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । उनको ५४  वर्षको उमेरमा निधन

The post बलिउड एक्टर इरफान खानको निधन first appeared on Hitkhabar.

The post बलिउड एक्टर इरफान खानको निधन appeared first on Hitkhabar.

]]>

बैशाख १७, २०७७ । बलिउड एक्टर  इरफान खानको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । उनको ५४  वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलबार मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँदै थियो ।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो ।

The post बलिउड एक्टर इरफान खानको निधन first appeared on Hitkhabar.

The post बलिउड एक्टर इरफान खानको निधन appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%ac%e0%a4%b2%e0%a4%bf%e0%a4%89%e0%a4%a1-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%87%e0%a4%b0%e0%a4%ab%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/feed/ 0