बलिउड एक्टर इरफान खानको निधन

Sharing is caring!

बैशाख १७, २०७७ । बलिउड एक्टर  इरफान खानको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । उनको ५४  वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलबार मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँदै थियो ।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *