मोरङमा ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

Sharing is caring!

फागुन ११, २०८० । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् ।

विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरुको अवस्था भने गम्भीर छ ।

ट्रकले किचेर बच्चाहरु घाइते भएपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *