प्रधानमन्त्री दाहाल र एमसीसीकी सीइओबीच भेटवार्ता

Sharing is caring!

असोज १६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *