चौथो राष्ट्रिय वादोरियो कराँते प्रतियोगिता हुने

Sharing is caring!

पुस २०, २०८० । नेपाल वादोरियो कराँते डो संघको आयोजनामा यही पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको हुने भएको छ ।

विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराँतेको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६-६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

खेलमा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् । त्यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन् । प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एकजना खेलाडी मात्र सहभागिता हुनेछन । जसअनुसार एक प्रदेशबाट एक तौल समूहमा समान ६–६ पुरुष-महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।

त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहनेछन् । प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, दृतिय, तृतीय, बेष्ट फाइटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको ब्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।

प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी र नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पाको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *