विद्यार्थी पढाई छोडेर यार्सा खाेज्न लेकतिर

Sharing is caring!

वैशाख १९, २०७५ । बहुमुल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकाशं विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घटेको छ । यस वर्ष जेठ १ गते भित्रै यासागुम्बाका लागि पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनकाे पूर्वतयारीमा जुट्न थालेपछि डोल्पाका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या दिनप्रतिदिन घट्दै गएको हो ।

नियमित कक्षा छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेकाले तल्लो डोल्पाका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटेकाछन् ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक बिद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङका अनुसार धेरैजसो विद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर लागिसकेका छन्,एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।

धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थीहरु पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ उनले भने । त्यस्तै मध्ये डोल्पाका धेरैजसो आधारभुत र माध्यामिक विद्यालयमा पनि विद्यार्थीसङ्ख्यामा कमी आएको छ । त्रिपुराकोट माध्यामिक विद्यालय मद्धुका आधारभुत र माध्यामिक तहका कक्षाहरुमा पनि दश प्रतिशत जती विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।

विद्यार्थी सङ्ख्या घट्दै गएपनि पठनपाठन संञ्चालन भईरहेको शिक्षक शोभाकान्त पौडेलले जानकारी दिए । शिक्षकहरु विद्यालयमा दैनिक उपस्थित भईरहेकाले विद्यार्थी नियमित आए शिक्षकहरु पढाउनकालागि तयार रहेको समेत उहाँले बताए ।

तर, सरस्वती मावि दुनै र आदर्शमा मावि जुफालमा भने बिद्यार्थीको सङ्ख्यामा कमी आएको छैन् । सरस्वती मावि दुनैमा पनि प्रहिलो त्रैमासिक परीक्षाको तयारी भईरहेकाले विद्यार्थीङख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिँहले जानकारी दिए ।

जेठ १ देखि यार्सागुम्बा पाटनहरु खुला गर्ने भएपनि जेठ दुई गते देखि पहिलो त्रैमासिक परीक्षा राखेकाले पनि अहिलेनै विद्यार्थीहरुको उपस्थितिमा कमी नभएका आदर्श मावि जुफालका प्रधानाध्यापक पुर्ण बहादुर डाँगीेले जानकारी दिनुभयो । जेठ पहिलोसाता देखि भने सबै विद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पुर्ण विद्यालयहरु बन्दहुने गर्दछन् ।

प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिने अवधिमा चल्ने यार्सासिजन डोल्पाली विद्यार्थीहरुको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ ।जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरुभएपछि पहिलेको तुलनामा विद्यार्थीहरुको नियमिततामा कमी आएको शिक्षक भगिरथ भट्टले जानकारी दिए ।

यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीहरुले वर्षभरीको पढाईखर्च जुटाउने भएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजन डोल्पाली विद्यार्थीहरुको लागि आर्कषण बन्दै आउने गरेको छ । बिगतका वर्षहरुमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेबाटै खुला गरिने भएका छन ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि यत्तिखेर डोल्पाली विद्यार्थीहरु मात्र होइन छिमेकी जिल्ला जाजरकोट जुम्ला लगायत सुर्खेत दैलेख नेपालगन्ज र रामेछाप जिललाहरुबाट समेत यार्सागुम्बा संकलकहरु डोल्पाका पाटनहरुमा जानको लागि आउने क्रम सुरु भएको छ।

शेक्षिक पात्रोमा यार्सासिजनमा औपचारिक बिदा नभए पनि डोल्पाका विद्यालयहरुमा यार्सागुम्बा सिजन संगै विद्यार्थी घट्ने गरेको र धेरै विद्यार्थी पाटनमा थोरै विद्यार्थी मात्र विद्यालयमा आउने गरेको पढाई नियमित गराए । धेरै विद्यार्थी छुट्ने भएकाले पनि यार्सासिजन भर डोल्पाका बिद्यालयहरु अघोषित रुपमा झण्डै एक महिना सम्म बन्द हुने गरेको जिल्ला शिक्षा समन्वय समितिले बताएको छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *