इजरायलमा ज्यान गुमाएका मृतकका परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्को निर्णय

Sharing is caring!

असोज २२, २०८० । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्। राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *