११ औँ गणतन्त्र दिवसमा साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

Sharing is caring!

जेठ १५, २०७६ । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो ।

गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।

सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *