हवाई दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान, अन्तरराष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

Sharing is caring!

भदौ ८, २०७५ । प्रतिनिधिसभाको बिहीवारको बैठकले अन्तरराष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तरराष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिएका छन् । यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *