सुन तस्करी प्रकरण : ‘गोरे’ का सहयोगी विमानस्थलबाट पक्राउ

Sharing is caring!

जेठ २३, २०७५ । सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले गोरे भनिने चूडामणि उप्रेतीका एक निकट सहयोगी रामकुमार तिवारीलाई पक्राउ गरेको छ ।

दक्षिण कोरियाबाट नेपाल फर्केका तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाटै मंगलबार नियन्त्रणमा लिइएको हो। समिति स्रोतका अनुसार गोरे र अपराध महाशाखाका प्रहरी अधिकारीबीचको टेलिफोन संवादमा गोरेले रकम दिनका लागि रामकुमारलाई प्रयोग गर्ने बताएका थिए।
तिवारीको भूमिकामाथि समितिले थप अनुसन्धान गरिरहेको छ।यो खबर आजको कान्तिपुरमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *