प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण: मेयर दाहालसँग भेट

Sharing is caring!

जेठ ४, २०७६ । शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर चितवनको भरतपुरमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराबी हुँदा लुम्बिनीका लागि उडेको हेलिकप्टर भरतपुरमा अवतरण भएको हो।

भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा प्रधानमन्त्री आधा घण्टा रोकिएका हुन्। आकस्मिक अवतरणपछि आराम गरिरहेका प्रधानमन्त्रीसँग भरतपुर महानगरकी मेयर रेणु दाहालले भेट गरेकी छन्।

मेयर दाहालले प्रधानमन्त्रीसँगको आकस्मिक भेटमा फलफूल र जुस खाँदै गरेको तस्बिर फेसबुकमार्फत् सार्वजनिक गरेकी छन्। उनले प्रधानमन्त्रीसँगको भेटले खुशी मिलेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेललेसहित लुम्बिनी हिँडेका थिए। प्रधानमन्त्री चढेको हेलिकप्टर आर्मी ब्यारेकमा आकस्मिक अवतरण भए लगत्तै मेयर दाहाल प्रधानमन्त्रीलाई भेट्न पुगेकी थिइन्।

आधा घण्टामा मौसम  खुलेपछि प्रधानमन्त्री ओली लुम्बिनीतर्फ उडेका थिए। यो खबर आजको अन्न्पूर्ण पोस्टमा छापिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *