सांसद हृदयेश त्रिपाठीले भन्यो- कृषि मन्त्रालय खारेज गरौं

Sharing is caring!

माघ २५, २०७५ । सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै कृषि मन्त्रालय खारेजीको माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन्।

२०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत खर्च र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीप्रति प्रश्न उठाए ।

आफूले पटक-पटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, ‘जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मैले लाज नमानीकन भन्दै छु।’

उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भनते बाँकी नै रहेको दाबी गरे । उनले चिनी मिलहरु ढेडमहिनासम्म संचालन नहुँदा गत बर्षकै उखुको मूल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।

सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप उनले लगाए । उनले भने, ‘व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा किसानमात्र बलिमा चढेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *