सरकार अधिनायकवाद लाद्न खोज्दैछ: कोइराला

Sharing is caring!

भदौ २४, २०७५ । दुई तिहाईको सरकारले देशमा अधिनायकवाद लाद्न खोजेको आरोप कांग्रेस नेता शेखर कोइरालाले लगाएका छन्।

सर्लाहीको पश्चिम क्षेत्र धनकौल गाउँपालिकामा आयोजित नेपाली कांग्रेस जनजागरण अभियानलाई शनिबार सम्बोधन गर्ने क्रममा नेता कोइरालाले सरकार कर वृद्धि गरेर देशलाई बर्बाद गर्न खोजेको बताएका छन्।

दुई तिहाईको बहुमत प्राप्त सरकारले कर वृद्धि गरेर संघीयतालाई हटाउन खोजेको आरोप समेत लगाएका छन्। ‘कम्युनिस्टले कहिले पनि संघीयता स्वीकार गर्दैन्। करवृद्धिको नाममा अहिले उनीहरू संघीयतामाथि खतरा बनेर अगाडि आउँदैछ’, उनले भने, ‘सरकारका कारण आज किसान र चेलीबेटी बढी जोखिममा रहेका छन्।’
उनले  एक महिनामा ४० बलात्काका घटना हुदाँ समेत सरकारले दोषी पत्ता लागउन नसकेको प्रति आपत्ति जनाएका छन्। ‘सरकार त निकम्मा भयो भयो’, कोइरालाले भने, ‘प्रहरी पनि निकम्मा भएको छ।’

ओलीको सरकार अहिले अधिनायकवाद र सर्वसत्तावाद तिर उन्मुख भएको आरोप उनको छ। ‘प्रधानमन्त्रीले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धानलगायतका कार्यालय आफ्नो मातहतमा राखेर देशलाई बर्बाद गर्न खोज्दैछ’, उनले भने, ‘सबै उसैलाई चाहिएको छ। अहिलेको अवस्थामा सर्तक भएनौँ भने लोकतन्त्र खतरामा पर्छ।’

देश अहिले कम्युनिस्ट, संघीय समाजवादी फोरम र परिवादवादको नाममा खोलिएको राजपाले गर्दा नाजुक अवस्थामा रहेको उनको भनाइ छ। कांग्रेसलाई साथ दिए मात्र देश बच्ने उनको तर्क रहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *