सञ्चार सचिव राउत थुनामुक्त हुने

Sharing is caring!

साउन ५, २०८० । ललितानिवास जग्गा प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत थुनामुक्त हुने भएका छन् । राउतका परिवारले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस पछि सर्वोच्च अदालतले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । राउतलाई थुनामै राखेर अनुसन्धान गनुृपर्ने आधार, कारण र औचित्य नदेखिएको न्यायाधीशद्वय ढुंगाना र सुवेदीको राय थियो ।

थुनामुक्त हुने भएपनि राउतलाई अनुसन्धान नसकिएसम्म भने नेपाल बाहिर जान भने सर्वोच्चले प्रतिवन्ध लगाएको छ ।
भूमि व्यवस्था मन्त्रालयका सहसचिव हुँदा ललित निवासको जग्गामा टिप्पणी उठाएको आधारमा राउतलाई असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *