श्रीमानलाई रक्सी खाने पैसा नदिँदा सुपरानीको ज्यान गयो

Sharing is caring!

जेठ ६, २०७५ । सिन्धुलीको घ्याङलेख गाउँपालिका ३ तामाजोर लप्सेका एकिङबहादुर गोलेले आफ्नै श्रीमतीको हत्या गरेका छन्। लप्से निवासी ४६ वर्षीय गोलेले रक्सीखान दुई सय रुपैयाँ पैसा नदिएको झोकमा श्रीमती सुपरानी गोलेको गत शनिबार  राति पन्युले हिर्काएर हत्या गरेको सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए।

शनिबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न दुई सय रुपैयाँ मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ। श्रीमतीले मदिरा सेवन गर्न पैसा नदिए पनि गोलेले जबरजस्ती पैसा लगेर मदिरा पिएका थिए।

शनिबार मध्यराति १ बजे तिर श्रीमती सुपरानीले श्रीमानलाई खाना खान धेरै कर गरेपछि ढिला गरी खान बसेका गोलेले श्रीमतीलाई पुन्युले प्रहार गरेका हुन्।

बुबाले सदैव रक्सी खाएर घरयासी झगडा गर्ने गरेको गोलेकी २१ वर्षीया छोरी सरिताले बताइन्। ‘रक्सी पिएर आउँने बुबाले आमासँगको सामान्य झगडामा पन्युले प्रहार गर्नु भएको हो, त्यही बेला आमा बेहोस् हुनुभयो,’ उनले भनिन्, ‘आमाले रक्सी खान दुई सय रुपैयाँ  नदिँदा रक्सीले परिवारको सारा खुसी नै लुट्यो।’

मृतक सुपरानीका दुई छोरी र एक छोरा छन्। श्रीमतीको हत्या गर्ने गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।यो आजको खबर अन्नपुर्ण पोस्टमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *