शिक्षा र स्वास्थ्य क्षेत्रको कालोबजारी नियन्त्रण हुन्छ : गृहमन्त्री थापा

Sharing is caring!

जेठ १९, २०७५ । गृहमन्त्री रामबहादुर थापा बादलले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको कालोबजारीलाई सरकारले चाँडै नियन्त्रण गर्ने बताएका छन् ।
शुक्रबार एक नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा संघिय सरकारका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै सबै खाले सिण्डिकेट र कालो बजारी नियन्त्रण गर्ने अभियान अन्र्तगत शिक्षा र स्वास्थ्यमा भैरहेको बेथिती र कालो बजारी पनि नियन्त्रण गर्ने बताएका हुन् ।

उनले सरकारले बजेट भाषणमै सबै खाले कालो बजारी र सेण्डिकेट अन्त्य गर्ने उल्लेख गरिसकेकोले अब सरकारले अब ठोस कदम चाल्ने बताए । ठेकेदार, व्यवसायीलगायतको सिण्डिकेट सरकारले भत्कारएरै छाड्ने उनले बताए ।
सुन तस्करीको विषयमा छानबिन समितिले छानबिन गरिरहेकोले सञ्जालमा संलग्न सबै कानुनको दायरमा आउने मन्त्री थापाले बताए । ‘सुनको मात्र हैन सबै खाले तस्करीको सञ्जाललाई अन्त गरेरै छाड्छौ’ उनले भने, ‘निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारहरुले पनि उन्मुक्त्ति पाउँदैनन्, उनीहरुलाई पनि कानुन अनुसार सजाय हुन्छ ।’

संघिय सरकारले प्रस्तुत गरेको बजेटमा समेत प्रदेश सरकारलाई बलियो बनाउने काम नभएको गुनासाका विषयमा थापाले प्रदेश सरकारलाई आवश्यक कानुन बनाएर चाँडै बलियो बनाउने बताए ।
नेपालमा संघिय गणतन्त्र स्थापना हुनु र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु एक हुनु मुख्य परिघटनाको संज्ञा दिँदै मन्त्री बादलले विकास र संबृद्धिको गति तीब्र बनाउनका लागि सरकारले आफ्नो गति तीब्र बनाउने बताए ।

एक नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु, प्रदेश सुरक्षा समितिका प्रमुखहरु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहाुर कार्की, संघिय सरकारका गृह सचिव प्रेम राई सहित नेपाल प्रहरी, शसस्त्र, राष्ट्रिय अनुसन्धान लगायतका प्रमुखहरु सहभागी छन । गोष्ठिले सुरक्षा अवस्था बिश्लेषण गरेर विकास र सम्बृद्धीका निम्ति आवश्यक सुरक्षा योजना निर्माण गर्नेछ ।यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *