नेपाल टेलिकमको फेसबुक पेजमा कसरी यस्तो गडबडी ?

Sharing is caring!

बैशाख ६, २०७५ । सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।

टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमहरुबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।

नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१ लाइक भएको फेसबुक पेजलाई आफ्नो आधिकारिक पेजका रुपमा प्रस्तुत गरेको छ ।

तर, नेपाल टेलिकम जस्तो प्रविधिको दिग्गज कम्पनीको फेसबुक पेजमा यति गम्भीर लापरवाही कसरी भयो ? यसबारे संस्थानले केही बोलेको छैन ।

आईटीसम्वद्ध केही व्यक्तिहरुले भने एनटीसीको फेसबुक पेज ह्याक भएको हुन सक्ने अनुमान गरेका छन् । उनीहरुले नेपाल टेलिकमले उपभोक्तालाई दिने सेवामा जस्तै फेसबुक पेजमा पनि लापरबाही गरेर ह्याकरको पहुँमा पुर्याएको तर्क गरेका छन् । यो खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *