फोरमले संघर्षको मैदान छाड्यो : राजपा

Sharing is caring!

जेठ १९, २०७५ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरमलाई संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । फोरमको शुक्रबार सत्तारोहणसँगै प्रदेश नम्बर २ को गठबन्धनको भविष्यबारे विभिन्न टीकाटिप्पणी उठिरहेका बेला राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।

‘उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानु भएको छ,’ यादवले भने, ‘यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन । जनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं । तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।’
नयाँ जनादेशपछि राजपा पनि सरकारमा जान इच्छुक थियो । उसले सरकारलाई समर्थन समेत दिएको छ । राजपाले संविधान संशोधन गर्ने प्रतिबद्धता र आफ्नै पार्टीबाट चुनाव जितेका रेशम चौधरीको रिहाईको माग अघि सारेको थियो । आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको थियो । तर, चौधरीको मुद्दा तत्काल फिर्ता लिन प्रधानमन्त्री सकारात्मक नभएपछि राजपा पछि हटेको हो । ‘प्रधानमन्त्रीले हामीलाई पनि सत्तामा आउनु आग्रह गर्नु भएकै हो । हामीले टाउकोमा भारी छ । भारी बिसाउन सरकार तयार भए एउटा परिस्थिति बन्छ भनेका हौं’ उनले भने, ‘होइन भने स्थिति निर्माण हुन्न ।’ अहिले सत्तामा जाने परिस्थिति नभएको उनले बताए ।
फोरम सत्तामा गए पनि उसँगको सम्बन्ध चिसिएर २ नम्बरबाट अलग्गै हुनुपर्ने परिस्थिति भने नबन्ने यादवले बताए । ‘उपेन्द्रजीले नै गठबन्धन तोड्नु भयो भने अलग कुरा हो । व्यक्तिसँग हाम्रो कुनै आग्रह-पूर्वाग्रह छैन । हाम्रो लडाइँ मुद्दासँग हो’ उनले भने ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *